पोखराका ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

हिमाली आवाज । पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

पोखरा–१७ का ती पुरुषको हिजो चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
असोज २३ गते उनलाई कोरोना पुष्टि भएको थियो । उनमा श्यासप्रश्वासमा समेत समस्या रहेको बताइन्छ ।

यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । हाल मात्रै पोखरामा ५३ सहित गण्डकीमा ७६ संक्रमित थपिएका छन्।

Comments
Loading...