मोहरपानी टोल विकासबाट पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम

श्रीराम सिग्देल
हिमाली आवाज। मोहरपानी आदर्श टोल विका संस्था पोखरा–१३ आर्वाले विजयादशमी तथा शुभदीपावली २०७७ को अवसरमा शनिबार आर्वामा शुभकामना आदान प्रदान, चियापान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक दूरी कायम गरी आयोजना गरिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले टोल भित्रका १६ वटा डहर मध्ये उत्कृष्ट डहर र टोलका करीव ६२ घरहरु मध्ये सरसफाई र फोहोर व्यवस्थापनमा उत्कृष्टलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा उत्कृष्ट पुरस्कार घर तर्फ प्रथम भुपति बराल,द्वित्तीय गोमा उपाध्याय, तृतीय रमादेबी बराल र सान्त्वना अनिता परियारलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट डहर पुरस्कार तर्फ प्रथम डहर नं १२ सिग्देलवारी डहर ,द्धित्तीय डहर नं ९ सिग्देल ंबराल डहर,तृतीय डहर नं १परियारटोल क डहर र सान्त्वना डहर नं १६ बुडीयावारी सिमाना डहरलाई पुरस्कार प्रदान गरियो ।

त्यस अवसरमा वडाध्यक्ष लामाले पोखराको फोहोर व्यवस्थापनका लागि प्रत्येक घर ,टोल वडा हुँदै नगरपालिका क्षेत्रका सबै नागरिक एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले वडाले फोहोरको ब्यवस्थापन र सरसफाई का निम्ति सबै टोलवासीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

मोहरपानी आदर्श टोल विकाश संस्थाका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद बराल,जागरण आमा समुहकी अध्यक्ष बिद्या बराल, संस्थाका सल्लाहकारहरु ऋषि राम सिग्देल र कृष्ण प्रसाद बराल तथा टोल विकास संस्थाका सचिव शिबराज बराल लगायतले शुभकामना ब्यक्त गर्दै कोरोना कहरका बीच आयोजित यस्ता कार्यक्रमहरुले फोहोर ब्यवस्थापन र सरसफाई लगायतका बिषयमा टोल बासीलाई एक भयर लाग्न प्रेरित गरेको बताएका थिए ।

Comments
Loading...