पहिलो पटक कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो

चितवन ।चितवन मेडिकल कलेज भरतपुरमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्मिएको छ ।

विगत १५ वर्षदेखि सन्तान हुन नसकेको भरतपुरका दम्पतीको कृत्रिम गर्भाधान विधिबाट शनिबार छोराको जन्म भएको अस्पतालले जानकारी दिएको छ । प्रसुती विभागका डाक्टर रेनुका ताम्राकारको टीमले शल्यक्रिया गरी बच्चाको जन्म दिएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले शनिबार गत वर्ष माघमा कृत्रिम गर्भाधान गरिएको र शल्यक्रियामार्फत शिशु जन्मिएको जानकारी दिनुभयो । अस्पतालले चितवनमै पहिलोपटक कृत्रिम गर्भाधानबाट शिशु जन्माइएको दाबी गरेको छ । शल्यक्रियाबाट जन्माइएको शिशु र आमाको स्वास्थ्य सामान्य रहेको डा. लम्सालले बताउनुभयो ।

Comments
Loading...