कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा आइसियूमा

काठमाडौं । कोभिड १९ (कोरोना) संक्रमण भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समेत केही असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको ओम अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अध्यक्ष थापाको अहिले ओम अस्पतालको आइसियु कक्षमा राखेर उपचार भैरहेको छ ।

Comments
Loading...