विहानै पोखरामा २४ सहित गण्डकीमा ३५ संक्रमित थपिए

हिमाली आवाज । आज एकाविहानै पोखरामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २४ सहित तनहुँमा नौ र बाग्लुङमा दुई संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु सबै जना प्रतिष्ठानको फिभर क्लिनीकबाट पहिचान भएको बताइन्छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या पाँच हजार ७६५ पुगेको छ ।

Comments
Loading...