नेकपाले संस्थागत निर्णय गरेर दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले आफ्ना सांसदहरुको खातामा आएको दशैँ भत्ता बापतको रकम फिर्ता गर्ने भएको छ ।

कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो ।

यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेर चाँडै निर्णय गर्ने तयारी गरेको छ ।नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी नेतृत्वसँग यसबारे छलफल भइरहेको भन्दै संसदीय दलले यसबारे चाँडै निर्णय गर्ने जानकारी दिए ।

दशैँ भत्ता फिर्ता गर्ने विषयमा शीर्ष नेताहरुसँग छलफल भइरहेको भन्दै चाँडै टुंगोमा पुुग्ने पनि उहाँले बताउनुभयो ।

Comments
Loading...