बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर पोखरामा एकको मृत्यु

हिमाली आवाज । पोखरामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

विहान अन्दाजी ११ः३० बजेको समयमा पोखरा महानगरपालिका–२३ ठुलाखेत स्थायी घर भई हाल पोखरा–५ माछापुच्छ्रे टोल स्थित किराना पसल गरी बस्ने ३५ वर्षीय ज्ञानेन्द दाहालकोे बिजुलीको पोलमा चढि बल्ब जडान गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि फिष्टेल अस्पताल पठाएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई चिकित्सकले अस्पताल पु¥याए लगत्तै मृत घोषणा गरेका थिए ।

Comments
Loading...