गण्डकीमा परीक्षण गरिएका मध्य आधालाई कोरोना संक्रमण

हिमाली आवाज । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

केही दिनयता संक्रमण बढिरहेकामा आज पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २३० संक्रमित थपिएका छन् ।

२४ घण्टाको अवधिमा ४६४ जनामा परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । कूल संक्रमितको आधालाई संक्रमण पुष्टि भएको हो । त्यसैगरी आजमात्र चार जना संक्रमितको मृत्यु भएको बताइन्छ । त्यसैगरी २३४ जनाको नतिजा नेगेटिभ आएको छ भने ८९ जना निको भएका छन् ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा कास्कीमा १३२,तनहुँमा ३५,बाग्लुङमा २३,नवलपरासीमा १८, स्याङ्जामा १४,लमजुङमा पाँच, पर्वतमा दुई र गोर्खामा एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Comments
Loading...