माछापुच्छ्रेका अधिकारीको घरबाट नगद रु एक लाख ३० हजार चोरीको अभियोगमा दुई पक्राउ

हिमाली आवाज । माछापुच्छ्रे गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लाहाचोक स्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार औंठी लगाएतका सामान चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका वडा नं.८ न्युरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीइ सूर्यबहादुर घर्ती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगर समेत बाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा वडा नं.०८ न्युरोड स्थित आफ्नै डेराकोठाबाट चोरी भएको सामान सहित फेला पारी पक्राउ गरी थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको जनाएको छ । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भईरहेको प्रनाउ हमालले बताए ।

Comments
Loading...