पोखराका ४४ वर्षीय संक्रमित पुरुषको मृत्यु

हिमाली आवाज । पोखरामा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको आज विहान ११ः५५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हिजो कोरोना पुष्टि भएका उनमा निमोनिया तथा श्वासप्रश्वासको समस्या रहेको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

त्यसैगरी पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकीमा ४२ जना संक्रमित थपिएका छन् । पोखरामा ३६,तनहुँमा दुई, पर्वत,बाग्लुङ,गोर्खा र स्याङ्जामा एक÷एक जना छन् ।

Comments
Loading...