भरतपोखरी सहकारीको २० औं वार्षिक साधारणसभा शुरु

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म चल्ने साधारणसभाको एक समारोहकाबीच पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष आचार्यले कृषिजन्य गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । कोरोना महामारीको विषम परिस्थितिमा नजिकिदै गरेका नेपालीहरूका महान चाड स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै साधारणसभाका कार्यक्रम तीन दिवशीय रुपमा गर्न लागिएको बताउनुभयो । साविक भरतपोखरी गा.वि.स.का वडामा चरणवद्ध रुपमा साधारणसभाका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार सहकारीले लगभग तीन करोड रुपैयाँको कारोबार गरेको छ ।

सहकारीका सदस्य वसन्तराज लम्सालले सञ्चालन गर्नुभएको कार्यक्रममा रामप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

Comments
Loading...