पश्चिमाञ्चल अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा आज राति थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका–७ निवासी ८५ वर्षीय पुरुषको राति ८ः२५ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषमा गत असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म पश्चिमाञ्चल अस्पतालमा १५ संक्रमितको मृत्यु भएको छ ।

 

Comments
Loading...