पत्रकार बास्तोलालाई ऋषि लिला पत्रकारिता पुरस्कार

हिमाली आवाज । पोखराका क्रियाशिल पत्रकार हरिप्रसाद बास्तोलाई पोखरा बृद्धाश्रमद्वारा सञ्चालित ऋषि लिला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

पोखरा बृद्धाश्रमद्वारा आज आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले २० हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दोसल्लाले बास्तोलालाई सम्मान गर्नुभयो ।

राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयमा कार्यरत बास्तोलालाई समाचार सम्प्रेषणका माध्यमबाट ज्येष्ठ नागरिक एवम् असहायको हकहितमा सहयोग गरेको भन्दैसम्मान गरिएको हो । उक्त अवसरमा प्रदेशसभा सदस्यद्वय मीना गुरुङ र इन्द्रधारा विष्टलाई बद्धाश्रममा विभिन्न तवरले सहयोग पु¥याएको भन्दै सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले ज्येष्ठ नागरिकले विगतमा पु¥याएको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली, प्रदेश सभा सदस्यद्धय इन्द्रधारा विष्ट,मीना गुरुङ,प्रतिभा छनौट समितिका संयोजक पुण्य पौडेल,पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तथा पुुरस्कृत व्यक्तित्व हरिप्रसाद बास्तोला लगायतले बोल्नुभएको थियो ।

Comments
Loading...