पोखरामा उपचारका क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका–१ का ६८ वर्षीया महिलाको असोज ५ गते साँझ ६ः३० बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । त्यसैगरी कास्कीमा ११ र तनहुँमा चार गरी १५ जना संक्रमित थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमितको संख्या छ हजार २११ पुगेको छ ।

Comments
Loading...