उपसभामुख शर्माको चाडपर्व भत्ता कोरोना कोषमा

हिमाली आवाज । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले आफूूले चाडपर्व बापत पाएको भत्ता कोरोना कोषमा जम्मा गर्नुहुने भएको छ ।

उपसभामुख शर्माले आज प्रदेशसभा सचिवालयलाई पत्र लेखी आफ्नो चाडपर्व भत्ता गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम,नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न आग्रह गर्नुभएकोे शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

शर्माले यसअघि पनि आफ्नो एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्नुभएको थियो । प्रदेशसभा सचिवालयले चाडपर्व भत्ता सम्वन्धित व्यक्तिको खातामा पठाइसकेकाले आगामी महिनाको तलबबाट कट्टा गरिने जनाएको छ ।

त्यसैगरी सत्तारुढ नेकपा तथा नेपाली काँग्रेसको संसदीय दलले पनि चाडपर्व भत्ता कोरोेना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

Comments
Loading...