भट्टराई र हिसिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि

हिमाली आवाज । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिनुभएको छ ।

चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ ।

भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्किनुभएको थियो ।

Comments
Loading...