पोखराका तीन कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १ का ४२ वर्षीयसंक्रमित पुरुषको मिति कात्तिक ७ गते बेलुका ७ः४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ ।

कोभिड–१९ सहित न्यूमोनियाको समस्या रहेका उनमा कात्तिक ३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा–२२ का का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मिति कात्तिक ८ गते बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखरा महानगरपालिका–३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ८ गते दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसीयू कक्षमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

कोभिड–१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेका उनलाई कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

Comments
Loading...