प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादा विपरीत : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनुभएको छ । यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’उहाँले सामाजिक सञ्चाल फेसबुकमा लेख्नुभएको छ ।

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गर्नुभएको थियो ।

Comments
Loading...