कार्यकर्ता हत्यामा संलग्नलार्ई कडा कारवाही गर्न कार्यकारी अध्यक्ष प्रचण्डको माग

 काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्सर्ना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको प्रति कार्यकारी अध्यक्षको हैसियतले समर्थन गर्दै दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्नुभएको हो ।

विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा  भएको झडपमा कात्तिक ६ गते उनको हत्या भएको थियो ।

‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’ प्रचण्डद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Comments
Loading...