पोखरामा दुई सहित गण्डकीमा चार संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मिति आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसीयू कक्षमा उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी  पोखरा महानगरपालिका–१५ का ७८ बर्षीय कोरोना संक्रमित महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी नवलपरासीको  गैंडाकोट–५ का ७३ बर्षीय संक्रमित पुरुषको मिति कात्तिक ९ गते चितवन मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृृत्यु भएको छ ।

त्यसैगरी  कावासोती–२ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको मिति आज विहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपरासीमा उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Comments
Loading...