राष्ट्रपतिबाट प्रधानमन्त्री ओलीले टीका ग्रहण

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैको टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनु भएको थियो ।

उक्त अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमरा ग्रहण गर्नुभयो ।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएको हुनाले आफ्नो निवासमा ओलीले पत्नी शाक्यलाई मात्र दशैंको टीका लगाइदिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

Comments
Loading...