कोरोना महामारीका कारण कास्कीका कैदीबन्दीले टीका लगाएनन्

हिमाली आवाज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् ।

विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवन यापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिनुभयो ।

“विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारामा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो,” उहाँले भन्नुभयो, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका ता जमारा लगाउने कार्यक्रम नगरिएको हो ।”

कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका समान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ ।

लामिछानेका अनुसार कास्की कारागारमा हाल ९०९ जना विभिन्न मुद्दाका कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् ।

Comments
Loading...