धारिलो हतियार प्रहार गरी युवाको हत्या

काठमाडौँ ।अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन् ।हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ ।

आज बिहान देवेन्द्रको शव तथा उहाँसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

Comments
Loading...