यस्तो छ आजको मौसम पूर्वानुमान

हिमाली आवाज । मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको छ ।

हाल पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ ।

यसैगरी बिहीबार र शुक्रबार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

Comments
Loading...