७५ वर्षीय वृद्धको कारको ठक्करबाट घटनास्थलमै मृत्यु

राजविराज । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कञ्‍चनरुप नगरपालिका २, बरमझियाका ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको बा.१८च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा तिलकलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भाग्‍न खाजेको कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...