हिमाली आवाज। पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा भोली(बिहीबार)देखी सञ्चालनमा आउने भएको छ ।
महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखी बन्द सेवा कात्तिक १३ गतेदेखी सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सूचना जारी गरी जानकारी दिनुभएको छ ।

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगर पालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।
महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु सुचारु गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।