मर्दी हिमालको बेसक्याम्पसम्मै टेलिकमको फोन र इन्टरनेट विस्तार

–कृष्ण दवाडी
हिमाली आवाज । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दछ मर्दी हिमाल पदयात्रा । समुन्द्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा अवस्थित मर्र्दी हिमालको काख(बेसक्याम्प) पदयात्राको अन्तिम गन्तव्य हो ।

पदयात्रामा हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीको दृश्यावलोकन सहितको आनन्द लिन सकिने यहाँ वर्षमा ४० देखी ५० हजार हाराहारीमा पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

वर्षेनी पर्यटकको आकर्षण रहेपनि सञ्चारको पहुँच नहुँदा पर्यटक बाटोबाटै हराउने, गन्तव्य पहिलाउन नसक्दा अलमलिने तथा परिवारसँगको सम्पर्कबाट बिमुख हुनुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा पर्यटकको उद्धार तथा बिरामी भएमा अस्पतालसम्म लैजानका लागि सम्पर्क गर्न कठिन पथ्र्यो ।
पर्यटकलाई पदयात्राका क्रममा सञ्चार सम्पर्क कायम गर्न असुविधा भएपछि माछापुच्छ«े गाउँपालिका वडा नं ९ ले नेपाल टेलिकम पोखरालाई सेवा विस्तारका लागि अनुरोध ग¥यो ।

वडा र टेलिकमबीच गत वर्ष सेवा विस्तारको सम्झौता भएर हालै मात्र सो क्षेत्रमा फोन र इन्टरनेट सेवा शुरु भएपछि पदयात्रामा जाँदा सञ्चार समस्या झेल्दै आएका पर्यटकहरुलाई सुविधा पुगेको छ । अब मर्दीको आधार शिविरसम्मै फोनमा कुराकानी गर्न सकिने भएको छ ।

माछापुच्छ«े गाउपालिका–९ स्थित तीन हजार ५५० मिटरको उचाईमा अवस्थित हाईक्याम्पमा टावर स्थापना गरी प्रसिद्ध मर्दी पदयात्रामा फोन र इन्टरनेट सेवा शुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिँह महर्जनले जानकारी दिनुभयो ।
विद्यूत सेवा नभएको सो स्थानमा सेवा प्रवाहका लागि टेलिकमले सोलार प्रणाली जडान गरी ‘टूजी’ र ‘थ्रीजी’ मोवाईल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको ईन्टरनेट चलाउन तथा कूराकानी गर्न सकिने उहाँले बताउनुभयो । उक्त स्थानमा ‘ओम्नी एन्टेना’ जडान गरी सेवा शुरु गरिएको हो ।
प्रख्यात ट्रेकिङ रुटको हाइक्याम्पमा पहिलादेखीनै फोन र नेटको सेवा विस्तारको योजना रहेको बताउँदैै कार्यालय प्रमुख महर्जनले भन्नुभयो,“ पहिलोदेखीनै सेवा विस्तार गर्ने योजना रहेपनि विविधि कारणले सकिरहेका थिएनौँ,उकाली,ओराली तथा बढी खोँच भएकाले राम्रो सेवाका लागि अझै केही स्थानमा टावर थप गर्नुपर्ने अवस्था आउन सक्छ । अहिलेको गुणस्तरलाई हेरेर अन्यत्र पनि सेवा बढाउँछौँ ।”
यसअघि सो स्थानमा छिटफूट सिडिएमए बाहेक सञ्चारको अन्य कूनै सेवा थिएन । अन्नपूर्ण पदमार्गको देउरालीमा रहेको सिडिएमए टावरका कारण कहिलेकाँही सो सेवा उपलव्ध रहेपनि प्राय जसो सम्पर्क कायम गर्न कठिन हुने गरेको थियो ।

हालको टावर सञ्चालनबाट अन्नपूर्ण पदमार्गका कतिपय कूना काप्चाहरुमा समेत सेवा पुग्ने र सो मार्गका अन्य स्थानहरुमा यही टावरकै लिङ्क प्रयोग गरी सेवा विस्तार गर्न सकिने टेलिकमले जनाएको छ ।सञ्चारको असुविधाका कारण कतिपय पर्यटकहरु पदयात्राका क्रममा बेपत्ता भएको र खोजी कार्यमा समेत कठिनाई हुने गरेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो ।

पर्यटकको चाप बढेसँगै वडाले सेवा विस्तारका लागि टेलिकमसँग अनुरोध गरेको र हाल सेवा शुरु भएसँगै पदयात्री, पर्यटन व्यवसायी तथा पथप्रदर्शकहरु लाभान्वित भएको उहाँको भनाई छ ।फोन नलाग्दा पर्यटक र उनीहरुका पथप्रदर्शक तथा पर्यटन व्यवसायीबीच सम्पर्क नहुँदा कपितय अवस्थामा दुर्घटना र बिरामी पर्दा समेत समयमै उद्धारमा कठिनाई हुने गरेको बताइन्छ ।

“सञ्चार सुविधा नभएकै कारण कतिपय पर्यटक बेपत्ता भए भने कतिपयले बाटोमा अलमलिँदा सास्ती पाएका थिए।”वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,“टेलिकमको सञ्चार सुविधा पुगेसँगै पर्यटक तथा उनीहरुका परिवारलाई सहज भएको छ ।”

मर्र्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले घाम नलागेको दिनमा साँझमा फोन र इन्टरेटमा अलि समस्या आएपछि अन्य दिनमा राम्रो सेवा प्राप्त भएको बताउनुभयो ।

समितिले हाइक्याम्पमा टेलिकमको टावर राख्नका लागि रु छ लाख लागतमा भवन निर्माण गरेको जानकारी दिँदै उहाँले सेवा विस्तारपछि अझै पर्यटक आवागमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

पदयात्रामा जाने पर्यटकहरुको बास बस्ने अन्तिम स्थल हाइक्याम्प हो । हाइक्याम्पबाट आठ घण्टामा मर्र्दीको आधार शिविर पुगेर फर्केर आउन सकिन्छ । पर्यटकहरु विहान सबेरै हाइक्याम्पबाट बेसक्याम्पका लागि प्रश्थान गरेर साँझ सोही ठाउँमा बास बस्न आइपुग्छन् ।
मर्दी पदयात्रामा टेलिकमको सेवा विस्तारसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर र माछापुच्छ«े नमूना पदयात्रामा जाने पर्यटकहरु समेत लाभान्वित हुने सोही क्षेत्रमा पर्यटन व्यवसायमा आवद्ध सुदीप गौतम बताउनुहुन्छ ।

पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ«े–९ सिदिङसम्म जीपमा पुग्न सकिन्छ । सिदिङबाट भने पैदलयात्रा शुरु हुन्छ । पोखराबाट पाँच देखी छ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ ।

Comments
Loading...