पोखरामा उपचाररत ३६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हिमाली आवाज । पोखरामा कोरोना संक्रमित ३६ वर्षीया महिलाको उपचारका क्रममा हिजो राति मृत्यु भएको छ ।

car ads

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा–१३ की ३६ वर्षीया संक्रमित महिलाको हिजो राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

टिप्पणिहरु
Loading...