बाग्लुङका संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

हिमाली आवाज । आज साँझ पोखरामा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बाग्लुङकोे गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुषको साँझ ५ः०५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा मृत्यु भएउको प्रतिष्ठानले जनाएको छ ।

ती पुरुष गत कात्तिक ८ गते कोरोना पुष्टि भएपछि आइसीयूमा उपचाररत थिए । हालसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ संक्रमितको मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

Comments
Loading...