अमला बिसौँनी घार्मी सडक ३६ वर्षपछि कालोपत्रे हुँदै

हिमाली आवाज । पोखराको अमला बिसौंनी घार्मी आलेबारी अम्वरेश्वर ग्रामिण सडक कालोपशे गर्न शुरु भएको छ ।

महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडक गत चैतमा सो सडक कालोपत्रे गर्ने लक्ष्य रहेपनि बन्दाबन्दीका कारण छ महिनापछि काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ ।

सडकको चार किलोमिटरको निर्माणको जिम्मा जिएसआर निर्माण सेवाले पाएकामा ५०० मिटर ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ

गण्डकी प्रदेश सरकारले भौैतिक पूूर्वाधार विकास मन्त्रालयको रु सात करोड ८२ लाख लागतमा सो सडक स्तरोन्नति भइरहेको हो ।
विसं २०४१ मा सडक विस्तारको योजना रहेपनि बजेट अभावका कारण सडक अलपत्र परेको र ३६ वर्षपछि कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी उत्साहित बनेको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताउनुभयो ।

सडक फराकिलो पार्ने,नाला निर्माण र रिटेलिङ्ग वालको काम सम्पन्न भएर कालोपत्रे गर्ने कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।

हाल अमलाविसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र बाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने उहाँले बताउनुभयो ।
वडाध्यक्ष पौडेलले तीव्र रुपले काम भैरहेकाले यसले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना बगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । सो सडकको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले समेत निरीक्षण गर्नुभएको थियोे ।

 

Comments
Loading...