एटिएम मेसिन तोडफोड गर्न खोज्ने पक्राउ

हिमाली आवाज । प्रहरीले एटिएम मेसिन तोडफोड गर्न खोजेको आशंकामा एक जनालाई आज पक्राउ गरेको छ ।

बुधबार राति ११ बजेको समयमा तनहुँको ब्यास नगरपालिका–४ मा रहेको माछापुच्छ्रे बैङ्कको एटिएममा अनावश्यक हर्कत गरेको अभियोगमा प्रहरीले पर्साको पटेरुवा सुगौली–३ घर भई हाल शुक्ला गण्डकी नगरपालिका–४ स्थित बाईक सोरुम (यामाहा)मा काम गर्ने १९ वर्षीय किरण बानियाँलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

मेटिएममा हर्कत गरेको खबरपछि प्रहरी टोली खटिई चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन १३५ थान फेला परेकोले निजले चलाएको बा११प ९९६५ नं.को मोटरसाईकल र निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...