अति विपन्नलाई खाद्यान्न वितरण

पोखरा । पोखराका विभिन्न वडाहरुमा वसोवास गर्ने अति विपन्न परिवारलाई एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चको पहलमा खाद्यान्न वितरण गरिएको छ ।

हाना नानुम फाउन्डेसन कोरियाको आर्थिक सहयोग वि फ्रेन्ड्सको समन्वयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारिले गर्दा दुई छाक टार्न पनि कठिन भएका दैनिक ज्याला मजदुरी गर्ने नेपालका बिभिन्न जिल्लाबाट आई पोखराको १७ नं. वडामा वसोवास गरिरहेका घर परिवारलाई चामल, दाल, नुन, तेल, च्युरा, मस्यौरा, साबुन आदि खाद्यान्न सामाग्री दशैको फुलपातीको अघिल्लो दिन वितरण गरिएको छ ।

पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले खाद्यान्न वितरण गदै आफ्नो वडामा वसोवास गर्ने अति विपन्न परिवार पहिचान गरी खाद्य सामाग्री वितरण हुनु खुशीको कुरा रहेको वताउँदै नैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्नेलाई कोरोनाले धेरै असर पारेको बताउनुभयो ।

पोखराको १७ नं. मा खाद्यान्न वितरणको लागि डेभिज फल क्लबका अध्यक्ष पुष्प वराल र सदस्य गणेश जिसी, ड्याम साईड क्लबका अध्यक्ष पदम ढकाल, एशियन फोरमका मेनका पौडेल, शिव वराल, पार्वती पौडेल रेग्मी लगाएतले अति विपन्न, विभिन्न रोगले थलिइका, एकल परिवारको छनौट गरी संस्थालाई सिफारिस गर्नुभएको थियो ।

Comments
Loading...