विहानै कास्कीमा ५९ जनामा संक्रमण पुष्टि

हिमाली आवाज । कास्कीमा आज एकाविहानै ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ७२ थपिएका छन् । पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा कास्कीका ५८ र क्षयरोग परीक्षण केन्द्रमा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

संक्रमित सबै पोखरा महानगरका हुन् । त्यसैगरी तनहुँमा आठ, लमजुङमा एक,स्याङ्जामा तीन र पर्वतमा एक जना थपिएका छन् ।हालसम्म गण्डकीमा संक्रमितको संख्या सात हजार ११९ पुगेको छ ।

Comments
Loading...