गृह मन्त्रालयले माग्यो १०० कर्मचारी, १२ पासले आवेदन दिन पाइने

हिमाली आवाज । गृह मन्त्रालयले देशभर १०० कर्मचारी माग गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो ।

परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्।

लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। आवेदन दिन पैसा लाग्दैन।१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

दरखास्त दिनेको योग्यता १० जोड दुई पास गरेको हुनुपर्नेछ । काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।

Comments
Loading...