जीप दुर्घटनामा १० वर्षीया बालिकाको मृत्यु, १० घाइते

म्याग्दी। म्याग्दीमा आज भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १० घाइते छन् ।

रघुगंगा गाउँपालिका–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पु¥याउँदा बालिकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

घाइते मध्ये एक जनालाई पोखरा पठाइएको र नौ जनाको बेनी अस्पतालमा उपचार भइरहेको बताइन्छ । जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

Comments
Loading...