रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

हिमाली आवाज । मोटरसाइकल दुर्घटनामा परी आज तनहुँमा एक जनाको ज्यान गएको छ ।

मोटरसाईकल चालक आँबुखैरेनी गाउँपालिका–४ भागे बस्ने १९ वर्षीय अन्जन सुनार दुर्घटनामा घाईते भएकामा उनको आज दिउसो उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो राति अन्दाजी ११ बजेको समयमाआँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनी बाट डुम्रे तर्फ जाँदै गरेको प्रदेश ३ ०२–१३ प २१०६ न.को मोटरसाईकल सोही दिशा तर्फ रोकी राखेको ना ५ ख ८८९२ नं.को ट्रकमा ठक्कर खाएको थियो ।

घाइतेपछि उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी पठाईएकोमा दिउसो ०१ः५० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...