३५१७ कोरोना संक्रमित थपिए

हिमाली आवाज । पछिल्लो २४ घण्टामा देशर तीन हजार ५१७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा निको हुनेको संख्या चार हजार ९६ रहेको छ । यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।

यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो ।

Comments
Loading...