कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी

काठमाडौँ । कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन छुट्टै बिदा दिने सरकारले तयारी गरेको छ ।

संक्रमित निजामती कर्मचारीलाई उपचारको समयमा छुट्टै बिदा दिनको लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएकाले उपचारको समयमा छुट्टै बिदाको माग हुन थालेपछि सरकारले सो तयारी गरेको हो । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने भएपनि कोरोना संक्रमणको समयमा सो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसबारे छलफल भएको बताउनु भयो । उहाँले कर्मचारीसँग सम्बन्धित विषय भएकाले संघीय मामिला मन्त्रालयले नै प्रस्ताव मन्त्रिपरिषद् लैजान उचित हुने सुझाव पनि दिनु भएको छ ।

Comments
Loading...