कास्कीमा एकै दिन १८३ संक्रमित,गण्डकीमा २६९

हिमाली आवाज । कास्कीमा आज मात्र १८३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा हालसम्मकै धेरै संक्रमित थपिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार प्रदेशमा २६९ संक्रमित थपिएकामा कास्कीमा सबैभन्दा बढी हुन् । ९३४ परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

नवलपरासीमा १७,स्याङ्जामा सात, बाग्लुङमा नौ,तनहुँमा २१, गोर्खा,म्याग्दी र लमजुङमा चार÷चार तथा पर्वतमा १० थपिएका छन् । हालसम्म गण्डकीमा संक्रमित सात हजार ३१६ पुगेको छ भने चार हजार २२१ निको भएका छन् । संक्रमणबाट ७५ जनाले ज्यान गुमाएका छन् ।

Comments
Loading...