‘पोखराबाट प्याराग्लाइडिङ बिस्थापित भए पर्यटनमा असर पुग्छ’

हिमाली आवाज । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा असर पर्ने बताउनुभएको छ ।

पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट यहाँको पर्यटन क्षेत्रमा असर पर्ने उल्लेख गर्नुभयो ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना चिन्तित भएको अबस्थामा सांसद बरालले प्याराग्लाईडिङ व्यवसायलाई दिगो रुपमा संचालन गर्न के गर्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्ने समेत स्पष्ट पार्नुभयो । शनिबार उहाँले पहिलोपटक प्याराग्लाईडिङ गर्नुभएको थियो ।

फ्लाईङ बुद्ध प्याराग्लाईडिङ कम्पनीबाट प्याराग्लाईडिङ पाइलट एवं प्रशिक्षक बालु बसेलले विमानस्थल संचालनमा आएसंगै आफुहरु विस्थापित हुनु पर्ने एक प्रकारको हल्लाले आफुहरु निकै चिन्तित भएको बताउनुभयो । प्याराग्लाईडिङ पाइलट हरि गिरीले प्याराग्लाईडिङ क्षेत्रमा हाल धेरै समस्या रहेको उल्लेख गर्नुभयो ।

आन्तरिक पर्यटकहरुलाई हाल बिषेश छुटमा प्याराग्लाईडिङ गराउन थालैसंगै प्याराग्लाईडिङ गर्नेको सङख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो ।

कोरोनाको कहरमा पर्यटकहरु निकै कम आगमन हुने भएकोले पोखरा र पोखरा आसपासका आन्तरिक पर्यटकहरुलाई कम्तिमा एक पटक प्याराग्लाईडिङ गराएर आनन्द दिलाउन पनि आफूहरुले विशेष छुट उपलव्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...