चुरोट सल्काउने क्रममा आगलागी हुँदा कास्कीमा चार घाइते

हिमाली आवाज । कास्कीमा आज आगलागीमा परी चार जना घाइते भएका छन् ।

आज विहान अन्दाजी ४ बजेको समयमा पोखरा महानगरपालिका–१९ पुरन्चौर स्थित सीता गौतमको एक तले टिनको छानो भएको कच्ची घरमा  भाडामा बस्ने शेर बहादुर गुरुङले डेरा कोठामा चुरोट सल्काउने क्रममा ग्यास लिक भई आगलागी भएको थियो ।

घटनामा सोही ठाउँ बस्ने ५४ वर्षीय शेर बहादुर गुरुङ, निजको श्रीमति ४५ वर्षीया देउ कुमारी गरुङ, छोरा वर्ष १५ का कृष्ण गुरुङ तथा शेरबहादुरको भाईको छोरा वर्ष ३७ को मन बहादुर गुरुङ घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र  घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...