अन्तरिक्षबाटै अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान

(एजेन्सी)। एक अन्तरिक्ष यात्रीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अन्तरिक्षबाटै मतदान गरेकी छन्। अमेरिकामा आगामी नोभेम्बर ३ मा मतदान हुँदै छ।

तर, अर्ली मतदानअनुसार त्यहाँ केही मतदाताले भने मतदान गरिरसकेका छन्। यस्तै अर्ली मतदान गर्ने अन्तरिक्षमा रहेकी केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरेकी हुन्।

पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले २३ अक्टूबरमा मतदान गरेको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाइको छ। उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेको नासाले जनाएको छ ।

रुबिन्सले अन्तरिक्षबाट मतदान गरेको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१६ मा पनि उनले अन्तरिक्षबाटै मतदान गरेकी थिइन् । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन्।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्व उपराष्ट्रपति जो बाइडेनले डेमोक्रेट पार्टीका तर्फबाट चुनौति दिएका छन्।

Comments
Loading...