जलविद्युत पत्रकार समाज गठन, अध्यक्षमा कास्कीका कोइराला

हिमाली आवाज । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारहरुको भेलाले ‘जलविद्युत पत्रकार समाज’ गठन गरेको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आज भएको पत्रकारहरुको भेलाले भरत कोइराला(कास्की)को अध्यक्षतामा १३ सदस्यीय समाजको गठन गरेको हो ।

समाजको उपाध्यक्ष दीपक ज्ञवाली (रुपन्देही), महासचिव ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की) र कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन हुनुभएको छ ।

सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक शर्मा इच्छुक (सल्यान) र अनिता घिमिरे (कास्की) हुनुहुन्छ ।

एक उपाध्यक्ष सहित दुई सदस्य भने पछि मनोनयन गरिने महासचिव निरौलाले बताउनुभयो । यसैगरी सल्लाहकारमा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुन्य पौडेल र राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी चयन हुनुभयो ।

अध्यक्ष कोइरालाले आगामी दिनमा देशका अन्य पत्रकारहरुलाई समेत समेटेर जलविद्युत विधालाई छुट्टै पत्रकारिता विधाका रुपमा विकास गर्दै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेलाले पाँच बुँदे माछापुच्छ«े घोषणा पत्र समेत जारी गरेको छ । घोषणपत्रमा जलविद्युत क्षेत्रमा समाचार सम्प्रेशण गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने, जलविद्युतका सम्भावना, चुनौती र पवद्र्धनमा सहयोग गर्ने तथा तीनै तहका सरकारलाई जलविद्युत नीति निर्माण गर्न माग गर्ने रहेका छन् ।

Comments
Loading...