आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा

हिमाली आवाज । पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

महाशाखाले हाल देशभरको मौसमको अवस्था जानकारी समेत गराएको छ । महाशाखाका अनुसार हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, सोमबार दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

Comments
Loading...