कास्कीमा ६० सहित गण्डकी प्रदेशमा थपिए ९९ संक्रमित

हिमाली आवाज । गण्डकी प्रदेशमा आज ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सर्वाधिक ६० संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ५९ र अन्नपूर्ण गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी गोरखामा ३३ जना, लमजुङ र तनहुँ दुई÷दुई जना, नवलपुर र स्याङजामा एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

हालसम्म गण्डकीमा सात हजार ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अहिले सम्म ४ हजार ३ सय ३५ जनामाको कोरोना संक्रमण निको भएको छ भने ८० जनाको मृत्यु भएको छ ।

Comments
Loading...