पोखरामा पानी ट्याङ्कीमा डुबेर युवतीको मृत्यु

हिमाली आवाज । पोखरामा आज पानी ट्याङ्कीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ मालेपाटनस्थित खड्गबहादुर गुरुङको घरमा डेरा गरी बस्ने रोल्पाको लुङ्गे गाउँपालिका–७ स्थायी घर की २२ वर्षीया दिलमाया मगरको विहान ८ः०० बजेको समयमा घर अगाडी रहेको पानी जम्मा गर्ने भुँई ट्याङ्कीमा डुबेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मानिस डुबेको जानकारी प्राप्त भए लगत्तै प्रहरी घटनास्थलमा पुगेर मगरलाई मृतावस्थामा ट्याङ्कीबाट बाहिर निकालेको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

Comments
Loading...