सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

हिमाली आवाज । प्रतिनिधिसभाका सांसद एवं तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ती जारी गरी केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाइएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित रहनुभएका उहाँले पोखराको विकासमा पु¥याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

स्व.केसीको सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालयहरु बन्द रहने विज्ञप्तीमा जनाइएको छ ।

 

Comments
Loading...