पोखरामा चार सहित गण्डकी प्रदेशमा आठ कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा चार जना पोखराका छन् । उनीहरु सबै जना उपचाररत रहेका थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीमा चार, बाग्लुङमा दुई तथा तनहुँ र नवलपुरमा एक÷एक जनाको मृत्यु भएको जनाएको छ ।
पोखरामा मृत्यु हुनेहरुमा पोखरा– १३ का ५५ वर्षीय संक्रमित पुरुष, वडा नं ५ का ५९ वर्षीया महिला संक्रमित, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय पुरुष छन्।

बागलुङका ६६ र ६१ वर्षीय पुरुष, तनहुँकाका ६६ बर्षीय पुरुष र नवलपुरका ८० बर्षीय पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा मृतकको संख्या ८८ पुगेको छ ।

Comments
Loading...