एक साताभित्र कोरोना बीमाको दावी भुक्तानी गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।

कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणिच भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो ।

Comments
Loading...