कस्तो रहला आजको देशभरको मौसम ?

हिमाली आवाज । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १ मा आँशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यता, पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Comments
Loading...